+
+
Shares

एमाओवादीले देशैभरिका सिडियो कार्यालय घेराऊ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २५ गते १८:३४

२५ भदौ, काठमाडौं । गोरखाको फुजेलका कृष्णप्रसाद अधिकारीको हत्या अभियोगमा पक्राउ गरिएका आफ्ना कार्यकर्ता रामप्रसाद अधिकारीको रिहाइको माग गर्दै एकीकृत नेकपा माओवादीले देशव्यापी आन्दोलनको निर्णय गरेको छ ।

जनयुद्धकालीन मुद्दा ब्युँताएर कार्यकर्ता पक्राऊ गरिएको विरोधमा एमाओवादीले आगामी भाद्र २८ गते देशैभरिका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने र कोणसभा गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अग्निी सापकोटाले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

मंगलबार सम्पन्न कार्यालयको बैठकले धर्ना कार्यक्रमको निर्णय गरेको उहाँले बताउनुभयो । कार्यालयको बैठकमा पार्टी अध्यक्ष प्रचण्ड र पूर्वपदाधिकारीहरु डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोष्टबहादुर बोगटीको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?