Comments Add Comment

एमाओवादीका १२ पत्रकार उमेद्वारका लागि सिफारिस

२५ भदौ, काठमाडौं । आगामी संविधानसभामा दुई दर्जन बढी पत्रकारले समेत चुनावी प्रतिश्पर्धा गर्ने भएका छन् । कांग्रेस, एमाले र एमाओवादीले आफूनिकटका पत्रकारहरुको नाम धमाधम सिफारिस गर्दै पार्टी केन्द्रमा पठाउन पठाइरहेका छन् । मंगलबार एमाओवादीले १२ पत्रकारलाई संविधानसभाको उमेद्वार बनाउन सिफारिस गरेको छ ।

मंगलबार पेरिसडाँडामा सम्पन्न एओवादीको प्रचार विभाग बैठकले १२ जना क्रान्तिकारी पत्रकारलाई समानुपातिकतर्फको उमेद्वारमा नाम सिफारिस गरेको हो ।

सभासदका लासिग उमेद्वारमा सिफारिस भएका एमाओवादी पत्रकारहरुमा गोविन्द आचार्य, ओम शर्मा, खिलबहादुर भण्डारी, बलराम थापा, विष्णु सापकोटा र मनऋषि धिताल रहनुभएको छ । त्यसैगरी संगीता खड्का, चन्द्रमान श्रेष्ठ, दामोदर तिमल्सिना, अरुणा रायमाझी र कल्पना बिसुराललाई पनि समानुपातिक उमेद्वारमा सिफारिस गरिएको छ।

सिफारिसमा परेकामध्ये गोविन्द आचार्य प्यूठान क्षत्रे नं १ र ओम शर्मा धादिङबाट प्रत्यक्षतर्फको उमेद्वार बन्ने सम्भावनासमेत रहेको  बताइएको छ। त्यसैगरी प्रचार राज्य समितिको बैठकले प्रचारविभाग प्रमुख अग्नि सापकोटाका साथै जोखबहादुर मरहालगायत २० जनाको नाम पनि उमेद्वारका लागि सिफारिस गरेर केन्द्रमा पठाउने निर्णय गरेको छ ।

एमाओवादीले जस्तै नेकपा एमालेले पनि पत्रकार शम्भु श्रेष्ठ, गोकुल बास्कोटा, सूर्य थापा, गोपाल थपलिया, राजेन्द्र अर्याल, गगन विष्ट, कौशल चेम्जोङलगायतलाई उमेद्वार बनाउन सिफारिस गरिसकेको छ । त्यस्तै सुनसरीबाट पत्रकार भीम राई ज्वाला पनि एमालेको उमेद्वारमा सिफारिसमा भएका छन् ।

नेपाली कांग्रेसले पत्रकार तारानाथ दाहाल, हरिहर दाहाल, धर्मेन्द्र झा, ऋषि धमला, नवराज लम्साल लगायतलाई संविधानसभाका लागि उमेद्वार सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment