Comments Add Comment

बाबुराम र प्रकाशलाई भक्तपुरबाट उम्मेदवार बनाउन सिफारिस

२५ भदौ, भक्तपुर । एकीकृत नेकपा माओवादी भक्तपुरले संविधानसभाको निर्वाचनमा शीर्ष नेताद्वय डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ प्रकाशलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

एमाओवादीले भक्तपुर क्षेत्र नं. १ बाट प्रत्यक्ष्यतर्फ पूर्व उपाध्यक्ष प्रकाशसँगै सुरेश न्यौपाने, सुनलवासु गोठे र सानु सुवालको नाम सिफारिस गरेको छ । त्यसैगरी क्षेत्र नं २ बाट बाबुराम भट्टराई, डिपी ढकाल, रामप्रसाद सापकोटा -दीपशिखा) र जुजुभाइ राजथलाको नाम सिफारिस भएको छ ।

त्यसैगरी समानुपातिकतर्फ दुवै क्षेत्रका लागि भाष्कर प्रधानाङ्ग, कृष्णलालगोजा श्रेष्ठ, ओमचरण अमात्य, धनवीर चौधरी -हेमन्त), सन्तोषराज भण्डारी, प्रेमकुमार लामा, ओम वाग्ले, सुचित्रा श्रेष्ठ -प्रज्ञा), बबिता प्रजापति, सपना चौधरी, भुवनकेशरी श्रेष्ठ -भावना) र सानुकान्छा आलेमगरको नाम सिफारिस गरेको छ ।

उप्रेन्द्रको नाम सप्तरीबाट सिफारिस

यस्तै मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सप्तरीको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनु हुने भएको छ । फोरम सप्तरी क्षेत्रीय नं २ को क्षेत्रीय समितिले प्रत्यक्षतफ यादवको नाम मात्र सिफारिस गरेको हो । क्षेत्रीय समितिको निर्णयसँगै अब अध्यक्ष यादवले सप्तरी क्षेत्र नम्बर २ बाट मङ्सिर ४ गतेको संविधानसभा निर्वाचनमा प्रत्यक्ष उम्मेद्वारी दिने निश्चित भएका छ ।

यस्तै क्षेत्रीय समितिले समानुपातिकतर्फ ११ जनाको नाम सिफारिस गरेको क्षेत्रीय समिति अध्यक्ष सीताराम महतोले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment