Comments Add Comment

कतारी लगानी आकर्षण गरिदिन व्यवसायीको राजदुतलाई आग्रह

२५ भदौ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ र नेपालका लागि कतारका राजदुत अहमद जासेन अल्लाहमरबीच भेटवार्ता भएको छ । मंगलबार महासंघ सचिवालयमा भएको भेटवार्तामा नेपाल र कतारबीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, संयुक्त लगानीका सम्भाव्य क्षेत्रहरु, नेपालमा कतारी पर्यटकहरुको आगमन लगायतका विषयमा छलफल भएको थियो ।

भेटवार्तामा राजदुत अहमद जासेन अल्लाहमरले दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारमा कुटनीतिक तवरबाट आफूले सक्दो सहयोग गर्ने विश्वास दिलाउनुभयो । दुई देशबीच अत्यन्त न्यून रहेको द्विपक्षीय आर्थिक व्यापारिक कारोबारलाई बढाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । दुई देशमा उत्पादन हुने के कस्ता वस्तुहरुको आयात निर्यातको सम्भाव्यता छ, त्यसका लागि दुबै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरुबीच समन्वय गराउनुपर्नेमा भेटर्वातमा जोड दिइएको छ ।

Nepal-Quater-Meeting

महासंघका अध्यक्ष सुरज वैद्यले नेपालमा लगानीका सम्भाव्य क्षेत्रहरु पूर्वाधार विकास, पर्यटन, जलश्रोत, व्यवसायिक कृषि, खनिजजन्य क्षेत्रहरुमा कतारी लगानी आकर्षणका लागि पहल गरिदिन राजदुत समक्ष आग्रह गर्नुभयो । महासंघले सन् २०१४ मा आयोजना गर्ने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा कतारको सहभागिताका लागि राजदुतावासका तर्फबाट सहयोग गर्न समेत उहाँले आग्रह गनुभएको छ ।

नेपालबाट चाउचाउजन्य वस्तुहरु, हाते गलैचा कतार निर्यात भएको पाइन्छ भने त्यहाँबाट प्लाष्टिक्सजन्य तथा विद्युतीय सामग्रीहरु आयात भएको पाइन्छ । एक तथ्यांक अनुसार आर्थिक वर्ष सन् २०११/०१२ मा नेपालबाट करिब ७ करोड रुपैयाँ बराबरका नेपाली वस्तुहरु कतार निर्यात भएको छ भने कतारबाट ६९ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात भएको छ ।

भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकणिर्कार, कर तथा राजश्व समिति सभापति जगदिशप्रसाद राठी, महानिर्देशक डा. हेमन्त दवाडी समेत रहनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment