News Summary
Generated by OK AI. Editorially reviewed.- विनाशकारी बाढीबाट प्रभावित नेपालीलाई राहत सामग्री लिएर बलिउड अभिनेता सोनु सुद मङ्गलबार काठमाडौं आइपुगेका छन् ।
- गत भदौ १० गतेको बाढीपछि उनले सामाजिक सञ्जालमार्फत नेपाललाई एक्लो नरहेको भन्दै खाना, आश्रय र पुनर्निर्माणका लागि सहयोग गर्ने वाचा गरेका थिए ।
१६ भदौ, काठमाडौं । बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् ।
गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् ।
उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए ।
अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। हामी खाना, आश्रय र पुनर्निर्माणका लागि आवश्यक शक्ति बोकेर आउँदै छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4