२६ भदौ, काठमाडौं । चितवनको सौराहामा संचालित जंगल वाइल्डलाइफ क्यामको छुट्टै विशेषता रहेको छ । होटलबाटै राप्ती नदि, सुर्यास्त, चितवन राष्ट्रिय निकुञ्ज र जंगली जनावर तथा पंक्षी हेर्न पाउनु नै यसको छुट्टै विशेषता हो ।
‘अन्य होटलहरु सुर्यास्त, राप्ती नदि र निकुञ्ज देखाउन पर्यटक बोकेर हिँड्नुपर्छ’ होटलका प्रबन्ध निर्देशक नारायण भट्टराईले भन्नुभयो- ‘हाम्रोमा होटलमै बसेर मज्जाले सबै कुरा हेर्न र अवलोकन गर्न पाइन्छ ।’ पर्यटकहरुले खुल्ला वातावरणमा रमाउन पाउनु नै होटलको मूख्य विशेषता रहेको उहाँको भनाई छ ।
रुम र रेष्टुरेन्ट थप गर्दै
सन् २००१ मा संचालनमा आएको यो होटलमा १६ वटा रुमहरु रहेका छन् । होटलमा एसी भएका रुमहरुको २५ सय रुपैयाँ र एसी नभएका रुमहरुको १५ सय रुपैयाँ लाग्ने भट्टराईले बताउनुभयो । सबै रुमहरुमा एट्याच ट्वाईलेट वाथरुम रहेका छन् ।
सौराहामा बढ्दो पर्यटकलाई मध्यनजर गरेर होटलले नयाँ रुमहरु थप गर्दै छ । साथै, आकर्षक रेष्टुरेन्टसमेत बनाउन लागेको होटलले पर्यटकले खोजेका सबै सेवा-सुविधाहरु उपलब्ध गराउन सक्ने दाबि गरेको छ । अहिले पुरानै प्याकेजमा काम चलाइरहेको बताउँदै क्षेत्रीय होटल संघको अध्यक्षसमेत रहनुभएका भट्टराईले भन्नुभयो- ‘होटल विस्तार भइसकेपछि नयाँ र आकर्षक प्याकेजहरु पस्कन्छु ।’
प्रतिक्रिया 4