Comments Add Comment

सिलिगुडीमा डेंगु फैलियो, तीनको मृत्यु

२६ भदौ, काठमाडौं । पूर्वीनेपालको झापा र मोरंगबाट नेपालीहरु दैनिकजसो ओहोर-दोहोर गरिरहने सीमानिकट भारतीय शहर सिलिगुडीका डेंगु रोग फैलिएको छ । डेंगुका कारण मंगलबार साँझसम्म त्यहाँ तीनजनाको मृत्यु हुनुका साथै दुई दर्जन बिरामीहरु अस्पताल भर्ना भएका छन् ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार मंगलबारमात्रै डेंगुबाट सिलिगढी- नगर निवास ४३ का १६ वर्षीय विद्यार्थी सद्दाम हुसैनको मृत्यु भएकमो छ भने यसअघि अन्य दुईको निधन भैसकेको छ । सिलिगुडीका अस्पतालमा डेंगुका दुई दर्जन विरामीहरु भर्ना भएका छन् । सिलिगुडीका अस्पतालमा झापा र मोरंगका नेपालीहरु पनि उपचारका लागि जाने गर्दछन् ।

दार्जीलिङ खुल्यो, कर्मचारीले ६ दिनको मात्रै तलब पाउने

यसैवीच ३६ दिन लामो बन्द र हड्तालपछि दार्जीलिङमा बार, पसल, विद्यालय र सरकारी कार्यालयहरु खुलेका छन् । भारत सरकारले दार्जीलिङमा रहेका करिब २० हजार कर्मचारीलाई बन्दको दिनको तलब नदिने भएको छ । सरकारी कर्मचारीले बन्दका बेलाको ६ दिनको मात्रै तलब खुवाउने निर्णय गरेको भारतीय सञ्चार माध्यम हिमालय दर्पणले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment