Comments Add Comment

गोरखाल्याण्ड राज्य माग्दै दार्जीलिङमा जारी आन्दोलन स्थगित

२६ भदौ, काठमाडौं । छुट्टै गोरखाल्याण्ड राज्यको माग गर्दै दार्जीलिङमा जारी बन्दसहितको आन्दोलन स्थगित भएको छ । भारतका केन्द्रीय गृहमन्त्री सुशीलकुमार शिन्देले केन्द्रीय सरकारको पहलमा त्रिपक्षीय बैठक गर्ने आश्वासनपछि गोरखाल्याण्ड जोइन्ट एक्यस कमिटीले अक्टोबर २० अर्थात कात्तिक ३ गतेसम्मका लागि बन्दसहितको आन्दोलन स्थगित गरेको हो ।

राजनीतिक दलहरुको संयुक्त समितिले १३ सेप्टेम्बरदेखि विद्यालयहरु खुल्नेछन् भने पहाडभर धर्ना र जनसभा लगायतका कार्यक्रम गरिने बताइएको छ । कमिटीका अध्यक्ष एनोस दास प्रधानले भनेका छन्-‘केन्द्रीय गृहमन्त्रीले गोरखाल्याण्ड राज्यको मागबारे त्रिपक्षीय बैठक गर्ने आश्वासन दिँदै बन्द कार्यक्रम रोकिदिन अनुरोध गरेकामा जोइन्ट एक्सन कमिटीले अक्टोबसर २०सम्म आन्दोलन स्थगित गर्ने निर्णय लिएको छ ।’

 बैठकले आन्दोलनलाई नयाँ मोड दिन भन्दै नयाँ कार्यकारिणी समिति गठन गरेको छ । अध्यक्षमा गोरखा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment