Comments Add Comment

पाकिस्तानले वरिष्ठ तालिवान नेता रिहा गर्ने

२६ भदौ, इस्लामावाद । पाकिस्तानले थुनामा रहेका उच्च तालिवान नेतालाई रिहा गर्ने भएको छ । पाकिस्तानले सन् २०१० को फेब्रुअरीमा पक्राउ परी आˆनो देशको थुनामा रहेका तालिवान नेता मुल्ला अन्दुल घानी बारादारलाई रिहा गरिने जानकारी बुधबार गराएको हो ।

बारादार कराँची सहरबाट पक्राउ परेका थिए । तालिवानले उनको रिहाइको माग गर्दै आएका थिए । बारादार नेताको रिहाइका लागि अफगानिस्तानको सरकारले पनि विगतदेखि नै माग गर्दै आएको थियो । तर, पाकिस्तान सरकारले मानिरहेको थिएन ।

बारादारको रिहाइले अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवानसँगको शान्ति वार्ताका लागि सहयोग पुग्ने अपेक्षा अफगान सरकारले पनि गरेको छ । अफगानिस्तानको सरकारले सुरु गर्न लागेको भनिएको शान्तिवार्ताका लागि पनि यो प्रक्रियाको थालानी गरिएको पाकिस्तानको सरकारले जनाएको छ ।

पाकिस्तानले यसै महिनामात्र सातजना तालिवान कमाण्डर एवम् नेतालाई रिहा गरेको छ । वितेको दश महिनामा पाकिस्तानले कम्तीमा पनि ३३ जना यस्ता नेता तथा कमाण्डर रिहा गरिसकेको छ । रासस/सिन्हृवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment