Comments Add Comment

नेपाली सेनाका पूर्वकर्णेल लिम्बुवानमा प्रवेश

२६ भदौ, इटहरी । नेपाली सेनाका पूर्वकर्णेर्ल उत्तम गुरुङ बुधबार कुमार लिङ्देन नेतृत्वको संघीय लिम्बुवान राज्य परिषद्मा प्रवेश गर्नुभएको छ । बुधबार इटहरीमा आयोजित एक कार्यक्रममा गुरुङलाई लिङ्देनले पार्टी प्रवेश गराउनुभएको हो ।

uttam-gurung

पूर्व कर्णेल गुरुङलाई परिषदमा प्रवेश गराउन पूर्वडीएसपी दूर्गा चौधरी थारुले भूमिका खेलेको बताइएको छ । पूर्वडीएसपी चौधरी लिम्बुवानमा यसअघि नै आवद्ध हुनुहुन्थ्यो । पार्टी प्रवेश गरेकै दिन गुरुङलाई इटहरीको पार्टी अध्यक्ष बनाइएको छ । लिङ्देन नेतृत्वको लिम्बुवान राज्य परिषद् चुनावी प्रक्रियाको विरोध गरिरहेको मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा आवद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment