Comments Add Comment

कार्की काठमाडौंदेखि दोलखासम्म दौडने

२७ भदौ, काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्की काठमाडौंबाट दोलखासम्म दौडिने भएका छन् । ‘बालबालिकाको कुरा सुनौं, बाल दुर्व्यवहार अन्त्य गरौं’ भन्ने नेपाल बाल संगठनको नारालाई सबैले आत्मासात् गरुन् भनी सन्देश प्रवाह गर्नुका साथै विश्व शान्तिको कामनासहित दौडिन लागेको धावक कार्कीले बताए । ललितपुरको गोदामचौर गाविस वार्ड नं. ४, गोदावरी निवासी कार्कीले भदौ २९ गते, चुच्चेपाटीस्थित केएल टावरबाट दौड प्रारम्भ गर्नेछन् ।

दौड सुरु भएपछि कार्की चुच्चेपाटीबाट जावलाखेलस्थित बाल मन्दिर जानेछन् । त्यहाँबाट कोटेश्वर, भक्तपुर, काभ्रे, पाँचखाल, सिन्धुपाल्चोकहुँदै खाडीचौरमा पुगेर कार्कीले पहिलो दिनको दौड टुंग्याउने कार्यक्रम छ । दोश्रो तथा अन्तिम दिन भदौ ३० मा खाडीचौरबाट दौड प्रारम्भ गरी मुडे, खरिढुंगा, मकैवारी, चरिकोट, भीमसेन मन्दिरमा पुजा अर्चना गरी पुनः चरिकोट बजारमा आएर दौड टुंग्याउने कार्कीले बताए । उनका अनुसार दौडको कूल दूरी करिब १ सय ४५ किलोमिटर रहेको छ ।

कार्कीले हालसम्म करिब १२ देखि १५ हजार किलोमिटर दौडीसकेको बताउदै आफ्नो लबक्ष्य भनेको गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउनु रहेको बताए । ‘नेपालको ७५ वटै जिल्ला, भारत र भुटानका केहि भाग गरी करिब १२ देखि १५ हजार किलोमिटर दौडीसके होला ।’ ४० वर्षीय कार्की भने- ‘मेरो अन्तिम ढोको भनेको लामो दूरीको धावकका रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउनु हो । त्यसका लागि प्रयासरत छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment