Comments Add Comment

बैद्य माओवादीले सत्ताको बार्गेनिङ गर्दैछ : रिजाल

२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेकपा-माओवादीले छलफलको नाममा सत्ता र संविधानको बार्गेनिङ गरिरहेको आरोप लगाउनु भएको छ ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा नेता रिजालले संविधानसभाकै निर्वाचनका लागि हजारौंको रगत बगाएको माओवादीले बहिस्कारको कुरा गर्नु हास्यास्पद भएको बताउनु भयो । निर्वाचन आयोगले दल दर्ता गर्न मानुन्जेलसम्म माओवादीसहितका असन्तुष्ट दलहरुसँग वार्ता गर्न तयार रहेको उहाँले स्पष्ट पानुृभयो । तर, निर्वाचनलाई रोकेर भने कसैसँग वार्ता नहुने भन्दै उहाँले निर्वाचनको मिति र सरकार बाहेक सबै विषयमा सहमति गरेर अघि बढ्न आफूहरु तयार रहेको बताउनु भयो ।

एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले माओवादीलाई अबको तीन दिन भन्दा बढी पर्खेर बस्न नसक्ने स्पष्ट पार्नुभयो । सापकोटाले भन्नुभयो-‘नेकपा-माओवादी चौबाटोमा उभिएको छ । कुन बाटोमा जाने भन्ने कुरामा उ अन्यौलमा छ । उहाँहरुलाई हामीले चुनावमा ल्याउन धेरै प्रयास गर्यौ तर, यतिवेला आएर हजारौं सहितको अपमान गर्दै संविधानसभा बहिस्कार गर्ने कुरा क्रान्तिकारी हुन सक्दैन ।’ मंसिर ४ को निर्वाचन हुने भन्दै उहाँले मिति सारेर निर्वाचन गर्ने कुरामा आफूहरुलाई विश्वास नभएको स्पष्ट पार्नुभयो ।

एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञावलीले मंसिरकेा निर्वाचनलाई बटमलाइन मानेर असन्तुष्टहरुको सबै माग पुरा गर्न तयार रहेको स्पष्ट पार्नुभयो । माओवादी तयार भए केही दिन पर निर्वाचन समेत सार्न सकिने उहाँको भनाई छ । दलहरुले धेरै प्रयास गर्दा समेत माओवादी टाढिएर गएको दावी गर्दै उहाँले संविधानसभाको लागि हजारौको रगत बगाउने माओवादीले बहिस्कार भन्नु आफ्नो ईतिहासलाई आफै कुल्चिनु भएको बताउनुभयो ।

तपलोपाका सहमहामन्त्री जितेन्द्र सोनलले मंसिरमा कसैले रोकेर निर्वाचन नरोकिने ठोकुवा गर्दै संविधानसभाको ऐजेण्डाका लागि आएको माओवादी त्यसविरुद्ध जानु विडम्बना पूर्ण भएको जिकिर गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment