Comments Add Comment

बैद्य माओवादी राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने

२७ भदौ, काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा-माओवादी राष्ट्रपतिले शुक्रबार बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने भएको छ । यसअघि सरकारले बोलाएको सर्वदलीय छलफलमा भने माओवादी अनुपस्थित भएको थियो ।

kiranसरकार र उच्चस्तरीय राजनीतिक समितिले असन्तुष्ट दलहरुसँग गरेको वार्ता सफल नभएवपछि राष्ट्रपति डा. रामवरणा यादवले प्रमुख दलहरुको बैठक बोलाउनु भएको हो ।

माओवादी सचिव देव गुरुङले सर्वदलीय बैठक बोलाउनु सकारात्मक भन्दै सहभागी हुने बताउनु भयो । ‘विना सर्त बोलाइएको बैठकलाई हामीले सकारात्मक रुपमा लिएका छौं’ गुरुङले अनलाइनखबरसँग भन्नुभयो । सर्वदलीय बैठक राष्ट्रिय सहमतिको यात्राका सुरुवात होस् बढोस् भन्ने आफूहरुको चहना भएको उहाँको भनाई छ ।

स्रोतका अनुसार माओवादी ३३ दलीय मोर्चामा बैठकमा उठाउने एजेण्डाबारे छलफल भएको छ । ठोस निर्णय गर्न शुक्रबार विहान बैठक बस्ने तयारी छ । ‘निर्वाचनमा आउँछौं भन्ने सुनिनिश्चत आधार दिनुस् भनेर हामीले सुझाव दिएका छौं’ मोर्चाका एक नेताले भने-‘पहिले दलीय सहमतिमा चुनावको नयाँ मिति घोषणा गरौं र गोलमेच सम्मेलन गरेर संविधानको अन्तरबस्तुमा छलफल गर्न सकिन्छ ।’

३३ दलीय मोर्चामा मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिए वर्तमान सरकारलाई स्वीकार गरेर जानबारे छलफल भइरहेको छ । यद्यपि माओवादी सचिव गुरुङले भने रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिएर अन्तरिम संविधानको दलहरुको सहमतिमा अन्तरिम संविधानको धारा ३८ (१) बमोजिम सरकार बनाउनु पर्ने बताउनु हुन्छ । उहाँले भन्नुभयो-‘हामी ब्यक्तिको विषयमा खुल्ला छौं । स्वतन्त्र वा दलको ब्यक्तिले नेतृत्व गर्ने भन्ने विषयमा हाम्रो कुनै अडान छैन । खिलराजजीलाई नै दलले आफ्नो प्रतिनिधिको रुपमा पेश गरे हामीलाई कुनै आपत्ति छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment