Comments Add Comment

बैद्यका केन्द्रीय सदस्यसहित तीन जनाद्वारा पार्टी परित्याग

२७ भदौ, सप्तरी । नेकपा-माओवादीका केन्द्रीय सदस्य सूर्यनाथ यादवसहित तीन जना नेताले सामूहिक रुपमा सो पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

नेकपा-माओवादीका केन्द्रीय सदस्य तथा मधेसी मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष सूर्यनाथ यादव -सुभाष), मिथिला राज्य समिति सदस्य तथा अखिल नेपाल महिला संघ -क्रान्तिकारी)का केन्द्रीय सदस्य लक्ष्मी चौधरी र मिथिला राज्य समिति सदस्य तथा जिल्ला सहसेक्रेटरी उपेन्द्र नारायण साहले सामूहिक रुपमा राजविराजमा पत्रकार सम्मेलन गरी पार्टी परित्यागको घोषणा गर्नुभएको हो ।

नेकपा-माओवादी परित्याग गरेका तीनैजनाले सहिदको सम्मान गर्दै मधेस मुक्तिको आन्दोलनमा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment