Comments Add Comment

पहिरोले घर भत्कँदा अमेरिकाको कोलोराडोमा तीन जनाको मृत्यु, सय भन्दाबढी घाइते

नातिबाबु भट्ट

२८ भदौ, कोलोराडो । चारदिन देखि लगातार परेको बर्षाको कारण कोलोराडोमा तीनको मृत्यु भएको छ । सयजना भन्दा धेरै घाइते भएका छन् । कोलोराडोको बोल्डर शहरमा बिहिबार बिहान गएको पहिरोले घर भत्कदा तीन जनाको मृत्यु भएको र ठाउं ठाउंमा आएको बाढिका कारण सय भन्दा बढि घाईते भएको फक्स न्यूजले जनाएको छ । यसरी घाईते हुनेमा बोल्डर, लङमन्ट, लाफेट, कोलोराडो स्प्रिङ, लवल्याड, अरोरा, डेनवर्क लगायतका क्षेत्रका बासिन्दा रहेका छन् । त्यसैगरी सयौं घर, उद्योग, कल कारखाना बिद्यालय डुवानमा परेका छन् ।

boulder-2

बोल्डर, लङमन्ट, लाफेट स्थित बिद्यालय तथा कलेजहरु बिहानदेखि नै बन्द थिए । अन्य डेनवर्क अरोरा क्षेत्रमा पनि सञ्चानल भएको केहि बेरमै बन्द भएका थिए । ठाउं ठाउंमा सडकहरु बन्द हुँदा काम गर्न जाने र काम बाट घर र्फकनेहरु घण्टौंबीच बाटैमा फसेका छन् । सुख्खा ग्रस्त क्षेत्र कोलोराडोमा बर्षा याममा ज्यादै थोरै पानी पर्ने गरेकोमा यस पटक यतीलामो समय पानि परेकोमा सबैले आश्चर्य मानेका छन् । यसैगरी मौसम बिदहरुले भोली शुक्रबार पनि दिनभरि पानी पर्ने भबिश्यबाणी गरेका छन् । अहिले सम्म सो क्षेत्रमा रहेका नेपालीहरुको घरमा भने कुनै क्षति पुगेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment