Comments Add Comment

राजसंस्था र गणतन्त्र समान हैसियतमा : थापा

२८ भदौ, विराटनगर । राजसंस्थाको वकालत गर्दै आएको राप्रपा नेपाल पार्टीका अध्यक्ष कमल थापाले जनतावाट निर्वाचित संविधान सभावाट संविधान नवनेसम्म मुलुकमा गणत्रन्त्र र राजसंस्थाको समान हैसियत रहेको वताउनुभएको छ । संविधानसभावाट नयाँ सविधान निर्माण भएपछिमात्र गणतन्त्रमा जाने वा राजसंस्था कायम गर्ने भन्ने विषयमा टुंगो लाग्ने थापाको भनाइ थियो ।

kamal-thapa-विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गदै अध्यक्ष थापाले केही समयका लागि दलहरुले राजसंस्थालाई पाखा लगाएका भए पनि अहिले पनि मुलुकमा प्राविधिक र अस्थाई व्यवस्थाकाको रुपमा मात्र गणतन्त्र रहेको थापाले जिकिर गर्नु भयो ।

०६२ ,०६३को जनआन्दोलन पछि दल र राजसंस्थाबीच भएको सहमतिमा राजसंस्था राखेर चुनावमा जाने सहमति भएको भनदै थापाले दलहरुले जालसाझी गरेर राजसंस्थालाई अहिले पाखा लगाउने काम गरेको भन्दै दलहरुप्रति तिव्र आक्रेस समेत पोख्नु भयो ।

मोरंग, सुनसरी र झापामा आयेाजित आम सभामा सहभागी हुन विराटनगर आइपुग्नु भएका थापाले पार्टी र चुनावी राजनीति भन्दा राजसंस्था माथि रहने बताउनुभयो ।

नेपालको राज्य संरचनाको मोडलमा संघीयता भन्दा स्थानीय स्वायतता शासन प्रणली उपयुक्त हुने थापाको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment