Comments Add Comment

मूल्य बृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ

२८ भदौ, काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोधमा उत्रिएका नेविसंघसहितका १६ विद्यार्थी संगठनले नेपाल आयल निगमको कार्यालय घेराउ गरेका छन् । उनीहरुले मूल्य बृद्धि फिर्ता लिन माग गर्दै  बबरमहलस्थित आयल निगमको कार्यालय अगाडि शुक्रवार विहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा घेराउ गरेको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो । andolan

लामिछानेका शुक्रवार विहान उपत्यका बाहिरका क्याम्पस अगाडि पनि दुई घण्टा चक्का जाम गरेर विरोध प्रदर्शन गरिएको छ । उपत्यकाका क्याम्पस अगाडि भने शुक्रवार स्नातक प्रथम वर्षको परीक्षा सञ्चालन भएकाले विरोध प्रदर्शन नगरिएको लामिछाने वताउनुभयो । लामिछानेले पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने वताउनुभयो ।

उहाँले असोज १ गतेसम्म पनि सरकारले मूल्य बृद्धिको निर्णय फिर्ता नलिए दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिनु भयो । सरकारले गत मंगलवार पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेपछि विद्यार्थी संगठनहरु आन्दोलित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment