+
+
Shares

मातृकाका २२ कार्यकर्ता बैद्य माओबादीमा प्रबेश

२८ भदौ, दाङ । मातृका यादवले नेतृत्व गरेको नेकपा माओबादी दाङका इन्चार्ज ज्वाला खतिवडा सहित २२ जना जिम्मेवार कार्यकर्ताहरु मोहन बैद्य नेतृत्वको नेकपा-माओबादीमा प्रबेश गरेका छन् । इन्चार्ज ज्वालासहित राज्य सचिबालय सदस्य दामोदर जिसी, शंकर केसी, युबा जनसुरक्षा वलका संयोजक घनश्याम शर्मा लगायतका २२ जना सकृय कार्यकर्ताहरुलाई नेकपा-माओबादीका केन्द्रीय सदस्य पु

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ २८ गते १३:००

निमुसंगम घर्ती

२८ भदौ, दाङ । मातृका यादवले नेतृत्व गरेको नेकपा माओबादी दाङका इन्चार्ज ज्वाला खतिवडा सहित २२ जना जिम्मेवार कार्यकर्ताहरु मोहन बैद्य नेतृत्वको नेकपा-माओबादीमा प्रबेश गरेका छन् । इन्चार्ज ज्वालासहित राज्य सचिबालय सदस्य दामोदर जिसी, शंकर केसी, युबा जनसुरक्षा वलका संयोजक घनश्याम शर्मा लगायतका २२ जना सकृय कार्यकर्ताहरुलाई नेकपा-माओबादीका केन्द्रीय सदस्य पुर्ण घर्ती आयाम र इन्द्रजित थारुले टिका लगाएर शुक्रवार पार्टीमा स्वागत तथा प्रबेश गराउनुभएको हो ।prabesh

पार्टी प्रबेश गर्दै ज्वालले मातृका नेतृत्वको पार्टी मधेशबादी चिन्तनबाट अगाडि बढ्न नसकेको, संगठनले क्रान्ति प्रति धोका दिएको, कार्यनीतिवाट पार्टी पंक्ती बिचलन भएकाले आफुहरुले पार्टी परित्याग गरेको बताउनुभयो । कार्यक्रममा नेकपा-माओबादीका केन्द्रीय सदस्य पुर्ण घर्ती आयामले संबिधान सभाको निर्बाचन जनपक्षीय नभएको भन्दै यथास्थीतिमा गरिने निर्बाचनलाई आफ्नो पार्टीले सशक्त प्रतिकार गर्ने बताउनुभयो । गोलमेच सभा नै राजनीतिक निकासको एक मात्र बिकल्प भएको भन्दै चार दलीय सिण्डिकेटबाट हुन लागेको निर्बाचनको परिणाम जनताको म्याण्डेट बिपरित हुने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?