Comments Add Comment

आणविक भट्टीले बढाउँदैन क्यान्सरको खतरा

एक नयाँ अध्ययनले आणविक भट्टीको नजिक बसोबास गर्ने बालबालिकाहरुमा रक्त क्यान्सरको जोखिम नबढ्ने तथ्य पत्ता लगाएको छ । बेलायतमा सन् १९६२ देखि २००७ सम्म गरिएको निरन्तरको अध्ययन तथा अनुगमनबाट प्राप्त नतिजाका आधारमा वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकाल्दै आणविक भट्टीको नजिक बस्नु र सरीरमा क्यान्सर पैदा हुनुमा कुनै सम्बन्ध नरहेको दाबी गरेका हुन् ।

reactor

आण्विक भट्टी आसपास बसोबास गर्ने बालबालिकामा रक्त क्यान्सरको जोखिम उच्च हुने विषयले सन् १९८० को दशकमा निकै चर्चा पाएको थियो । त्यस यता पनि आणविक भट्टीबाट निस्कने विकिरणले बालबालिकामा क्यान्सरको जोखिम बढाएका विभिन्न समाचार आउने गरेका छन् ।

आणविक उर्जा उत्पादनका आलोचकहरुले भने आणविक भट्टीले क्यान्सरको जोखिम बढाउँदैन भनि गरिने प्रचारको खण्डन गर्ने गरेका छन् । तथापि बेलायतको पछिल्लो अध्ययनले भने आणविक भट्टी नजिकको बसोबास र क्यान्सरको जोखिमबीच कुनै सम्बन्ध नरहेको कुरा १६ हजार बालबालिकामा अध्ययन गरेर पत्ता लगाएको छ । अध्ययनका क्रममा शोधकर्ताहरुले क्यान्सर पीडित बालबालिकाहरुको रेकर्ड लिएर उनीहरुको जन्मस्थान तथा बसोबास गरेको स्थान बारेका तथ्यांक संकलन गरेका थिए । त्यसक्रममा आणविक भट्टी नजिक बसोबास भएका बालबालिकामा रक्त क्यान्सर बढि भएको पाइएन ।

तथापि विज्ञहरुले आणविक भट्टीबाट हुने विकिरण चुहावट उच्च मात्रामा भएमा भने त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर पूराउने र त्यसले क्यान्सर लगायतका रोगको जोखिम बढाउनसक्ने तथ्यलाई भने नकार्न नसकिने बताएका छन् । आणविक भट्टीलाई सुरक्षित राख्न सकेमा त्यसले भने कुनै असर नपार्ने उनीहरुको तर्क छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment