Comments Add Comment

धुप बत्ति बालेर मात्र चुनाव जितिन्न : बस्नेत

बिजय चालिसे

२८ भदौ, नवलपरासी । युवा संघ नेपालका अध्यक्ष महेश बस्नेतले एमाले नेताहरुले नै विना सुझबुझ युवा संघलाई डनहरुको संगठन भनेको आरोप लगाउनु भएको छ ।

युवा संघ नवलपरासीको नवौं जिल्ला अधिवेशन उद्घाटन गर्दै बस्नेतले युवाको संगठन के हो भन्ने नबुझे झै गरेर दिने अभिब्यक्तिले समस्या थप्ने गरेको बताउनु भयो । उहाँले भन्नुभयो-‘नेताहरुले युवा संघमा चलखेल गर्न नखोज्नुहोस्, त्यसले कमजोर बनाउछ ।’

युवा संघ डनहरुको नभएर जोशीला र सृजनशील युवाहरुको संगठन भएको भन्दै उहाँले जबरजस्ती आतंक मच्चाउनेको बिरुद्ध जाइलाग्ने बताउनु भयो । धुप बत्ति बालेर मात्र चुनाव नजितिने भन्दै उहाँले अधिकतम युवाहरुलाई साथमा लिएर अगाडी बढ्न एमाले नेताहरुलाई सुझाव दिनुभयो । ‘आइतबार चितवनमा हामीले युथ फोर्स ब्यूँताउछौं । त्यसले नयाँ तरङ्ग ल्याउँछ’ उहाँले भन्नुभयो-‘त्यो तरङ्ग भनेको चुनावमा एमाले पहिलो पार्टी बन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment