Comments Add Comment

सुरुङ खनेर भागेका कैदी भैंसी चराउँदै गर्दा पक्राउ

२९ भदौ, सप्तरी । सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ खनेर फरार भएका कैदीबन्दीमध्ये एक जनालाई सप्तरी प्रहरीले भैंसी चराउँदै गरेको अवस्थामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्यान र चोरीको मुद्दामा जेल सजाय पाएका सुनसरीको सत्तेझोरा ६ का २८ बर्षका विनय भनिने विनायक यादब छन् ।

एक सर्वसाधारणले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले यादवलाई टापुको गाविसका रुपमा रहेको गोबरगाढामा भैंसी चराउँदै गरेको अवस्थामा बिहीबार साँझ पक्राउ गरेको हो । प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी यादवलाई सार्वजनिक गरेको नयाँ पत्रिकामा खबर छ ।

पक्राउ परेका यादवले ०६४ मा सुनसरी प्रकाशपुर ६ का केशव कार्कीलाई गोली हानी हत्या गरेका थिए । उक्त हत्या र चोरीको मुद्दामा उनलाई २० वर्षको जेल सजाय तोएकिो थियो । गत वर्ष कात्तिक २३ मा भारतीय कुख्यात अपराधी धीरेन्द्र यादव तथा बंगलादेशी नागरिक सुब्रत बेनसहितका अपराधीसँगै झुम्का कारागारमा बनाएको सुरुङमार्गबाट फरार हुन उनी पनि सफल भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment