Comments Add Comment

आज राष्ट्रिय बाल दिवस मनाइदै

२९ भदौ, काठमाण्डौं । ‘बालबालिकाका कुरा सुनौँ बालदुव्र्यवारहको अन्त्य गरौं’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइदैछ ।

दिवसको अवसरमा विभिन्न संघ संस्थाले बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् भने विद्यालयहरुले पनि विद्यार्थीलाई सहभागी गराएर गरिने कार्यक्रमको आयोजना गरेका छन् । दिवसको अवसरमा राधजानीको बसन्तपुरमा बालकेन्दि्रत विशेष ज्ञानवर्द्धक प्रदर्शनी गरिने छ । त्यस्तै बालबालिकासँगको अन्तर्क्रिया तथा सन्देशमूलक खेलहरू प्रदर्शन गरिने छ । दिवसको मूलनाराका बारेमा बालबालिकालाई चित्रबाट अभिव्यक्ति, बालबालिकाको सुझावका लागि गुनासो पेटिका समेत राख्ने कार्यक्रम रहेको छ ।

सधैँ बाल दिवसका अवसरमा र्‍याली निकाल्ने गरेको भएपनि बालबालिकालाई चर्को घाममा हिँडाउनु न्याचित नहुने भन्दै आज भने र्‍याली निकालिएको छैन् ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment