२९ भदौ, कपिलवस्तु । भारतबाट आयातित १५ टन नरिवलको भन्सारमा अनियमितता भएको भेटाएपछि अख्तियारसहितको पाँच निकायको टोलीले कपिलवस्ुतको कृष्णनगरका व्यपारी मुन्ना मुसलमानको गोदाममा शनिवार छापा हानेको छ । अख्तियार, राजस्व अनुसन्धान, भन्सार, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीले कृष्णनगर-७ स्थित मुसलमानको गोदाममा छापा हानेको हो ।
मुसलमानद्वारा सञ्चालित न्यु पश्चिमाञ्चल टेडर्स साहु सूर्ती भण्डारको नाममा रहेको एक हजार ८७५ किलोको मात्रै राजस्व बुझाएको १५ टन नरिवल अख्तियारको टोलीले नियत्रणमा लिएको छ । तेह्र हजार १२५ किलोको दुईलाख बढीको राजस्व चुहावट भएको पाइएपछि टोलीले मुन्नाको गोदाममा छापा हानेको हो । नियन्त्रणमा लिइएको खातापाताको समेत अध्ययन र अुनसन्धान भइरहेको राजस्व अनुसन्धान कार्यलय बुटवलले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4