Comments Add Comment

मूल्य वृद्धिको विरोधमा पेट्रोल पम्प बन्द

Petrol-Pump-photo३० भदौ, काठमाण्डौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिका विरुद्ध आन्दोलन गर्दै आएका १६ विद्यार्थी संगठनले आजदेखि देशभरका पेट्रोलपम्प बन्द आह्वान गरेका छन् ।

मुल्यबृद्धि फिर्ताको माग गर्दे आजदेखि ३ दिन सम्म देशभरका पेट्रोल बन्द गरिएको विद्यार्थी नेताहरुले बताएका छन् । सरकारले एक महिना पनि वित्न नपाउँदै मूल्य वृद्धि गरेकोले तत्काल फिर्ता लिन माग गर्दै पेट्रोल पम्प बन्द आह्वा गरिएको नेबि संघका प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो ।

आफ्ना मागलाई सरकारले बेवास्ता गरे अझ सशक्त आन्दोलन गर्ने लामिछानेको भनाई छ । विद्यार्थीहरुले यस अघि दुई दिन देशभरका क्याम्पस अगाडी धर्ना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment