Comments Add Comment

आगलागीबाट एकको मृत्यु, एकको अवस्था गम्भीर

३० भदौ, डडेल्धुरा । आगलागीका कारण डडेल्धुरामा एकजनाको मृत्यु भएको छ भने एक गर्भवती महिला गम्भीर घाइते भएकी छन् ।

ट्रान्समिटरबाट सुरु भएको आगलागीबाट आलिताल-४ रक्सौनका २८ वर्षका नरेन्द्र थापाको आज बिहान घटनास्थलमै मृत्यु भएको छ भने ३० वर्षकी लीला बुढाथोकी गम्भीर घाइते भएकी छन् । बुढाथोकीलाई उपचारका लागि धनगढी लगिएको छ ।

विद्युत् लाइन सर्ट भई ट्रान्सर्फमरमा आगलागी भएपछि आलिताल-४ का रक्सौन, डडल्ले र घुम्ती बजारका दर्जनौँ घर क्षतिग्रस्त भएका छन् । घटनास्थलमा प्रहरी परिचालन गरिएको र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment