+
+
Shares

नेपाल बैंकको हकप्रद सेयर लिलामीमा

अनलाइनखबर अनलाइनखबर
२०७० भदौ ३० गते २०:१८

३० भदौ, काठमाडौं । नेपाल बैंक लिमिटेडले बिक्री नभएको २४ लाख ९० हजार ८ सय ४ कित्ता हकप्रद सेयर लिलाम बिक्री गर्ने भएको छ । बैंकले चुक्ता पुँजी ४ अर्ब रुपैयाँ पुर्‍याउन गत जेठ ९ गतेदेखि असार २७ गतेसम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको थियो । उक्त अवधिमा सबै हकप्रद बिक्री नभएपछि बैंकले सेयर लिलामी गर्न भदौ ३१ गतदेखि आवेदन खुल्ला गरेको छ ।

nepal bankhttp://www.onlinekhabar.com/wp-content/uploads/2013/09/nepal-bank.jpg

बैंकले प्रतिसेयर न्यूनतम मूल्य सय रुपैयाँ कायम गरी लिलाम बिक्री आवेदन खुल्ला गरेको छ । प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा भएको व्यवस्थाअनुसार बैंकले सर्वसाधारण, र्फम, कम्पनी वा संस्थाले भाग लिन पाउने गरी सिलबन्दी प्रकृयाद्वारा सेयर लिलामी गर्न लागेको जनाएको छ । बैंकले ८ गतेसम्म बिक्री खुला रहने जनाएको छ । निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरिएको छ ।

चुक्ता पुँजीलाई ४ अर्ब पुर्‍याउन बैंकले एक सेयर बराबर साढे ९ प्रतिशत हकप्रद सेयर जारी गरेको थियो । हकप्रद निष्कासनपूर्व ३८ करोड रुपैयाँ रहेको चुक्ता पुँजी अहिले ३ अर्ब ७१ करोड ६४ लाख ४३ हजार २ सय रुपैयाँ पुगेको छ ।

सेयर बिक्रीको लागि बोल कबोलबाट खरिद दरखास्त आह्वान गरिएकोले सेयर बाँडफाँड गर्दा सबैभन्दा बढी मूल्य प्रस्ताव गरी आवेदन दिने आवेदकलाई प्राथमिकता दिई सेयर बाँडफाँड गरिने बैंकले जनाएको छ । यसबाट पनि सेयर बाँकी रहेमा त्यसपछिको बढी रकम कबोल गर्नेलाई सेयर बाँडफाँड गरिनेछ । बोलकबोलमा सेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुईभन्दा बढी आवेदनहरु पर्न गएमा समानुपातिक रुपमा सेयर बाँडफाँड गरिनेछ ।

बैकमा नेपाल सरकारको ३८ दशमलव ६० प्रतिशत र सर्वसाधारण, संगठित संस्था तथा कर्मचारहरुको समेत गरी ६१ दशमलव ४० प्रतिशत हिस्सा रहेको छ । १९९४ कार्त्तिक ३० मा स्थापना भएको बैंकले १ सय १६ शाखा कार्यालयमार्फत करिब दश लाख ग्राहकलाई सेवा उपलब्ध गराइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?