Comments Add Comment

चुनावकै तयारीमा एमाओवादी

११ असोज, काठमाण्डौं । निर्वाचनको तयारीमा जुटेको एमाओवादीले उम्मेदवारको नामावलीलाई आज अन्तिम रुप दिने भएको छ । आज केन्द्रीय कार्यालय र उम्मेदवार छनोट समितिले संयुक्त छलफल गरी उम्मेदवार तय गर्ने तयारी गरेको एमाओवादी पार्टी कार्यालयले जनाएको छ ।

यसअघिका बैठकबाट ७५ प्रतिशत भन्दा बढी उम्मेदवारको नामावली तयार पारेको दाबी गर्दै आएको माओवादीले आज सम्पूर्ण उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिने छ ।

आजको बैठकमा उम्मेदवारी तयका साथै चुनावी घोषणा पत्र, रणनीति, पार्टीको भूमिका लगायतका विषयमा पनि छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment