+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अमेरिकी पुरुष सबैभन्दा मोटा, जापानीहरु स्वस्थ

अनलाइनखबर अनलाइनखबर
२०७० असोज २० गते १४:३२

पछिल्लो अध्ययनले अमेरिकी पुरुषहरुमा मोटोपनाको समस्या बढ्दै गएको देखाएको छ । एकजना रुसी अध्येताले केही देशमा गरेको अध्ययनले अमेरिकी पुरुषहरु सबैभन्दा मोटा छन् भने नेदरल्याण्डका पुरुषहरु सबैभन्दा अग्ला छन् ।

male

रुसका निकोलाइ ल्यामले अमेरिका, जापान, प|mान्स तथा नेदरल्याण्डका पुरुषहरुको औषत उचाइ तथा मोटाइको अध्ययन गरेका थिए । उनले त्यसक्रममा बडी मास इन्डेक्स अर्थात् बिएमआइको अध्ययन गरे जसले व्यक्तिको तौल तथा उचाइको अनुपात दिन्छ ।

अध्ययन अनुसार अमेरिकी पुरुषको यस्तो अनुपात सबैभन्दा बढि अर्थात् २९ छ । यसो भन्नुको मतलब अमेरिकी पुरुषहरुमा उचाइ अनुसार हुनुपर्ने मोटोपन बढि छ । उचाइ र मोटाइको सबैभन्दा राम्रो सन्तुलन जापानीहरुमा छन् ।

जापानी पुरुषहरुमा यस्तो अनुपात २३.७ छ । अमेरिकी पुरुषहरुको औषत उचाइ ५ फिट ८ इन्च रहेको छ ।

त्यस्तै जापानी पुरुषहरुको औषत उचाइ ५ फिट ६ इन्च । प|mान्सेलीको ५ फिट ७ इन्च तथा डच पुरुषहरुको ६ फिट रहेको छ । यसले जापानी पुरुषहरु सबैभन्दा बढि स्वस्थ रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?