२ कात्तिक, काठमाडौं । नेपाल दृष्टिबिहीन क्रिकेट संघ पीस एण्ड स्पोर्टस अवार्ड २०१३ अन्तरगत एडप्टेड प्रोगाम अफ दि इयरको अन्तिम तीनको सूचीमा परेको छ । दृष्टिबिहीन पुरुष तथा महिलाहरुको सशक्तिकरण, पुनर्वास र समावेशीमा महत्वपुर्ण भूमिका खेलेको भन्दै नेपाल दृष्टिबिहीन क्रिकेट संघ अन्तिम तीनमा परेको हो ।
झण्डै ५ हजार आवेदनबाट अन्तिम तीनको सूची सार्वजनिक गरिएको हो । विजेताले ट्रफीसँग आर्थिक सहयोग समेत पाउनेछ । नोभम्बर ३ मा ६ बटा विधाको विजेता घोषणा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4