+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

साहित्यकार जगदिश घिमिरेको निधन (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० कात्तिक १४ गते १३:११

१४ कात्तिक, काठमाण्डौ । चर्चित साहित्यकार जगदिश घिमिरेको बिहीवार बिहान निधन भएको छ । ८ बर्षदेखि माइलोमा क्यान्सर(रक्त क्यान्सर)बाट पीडित घिमिरे पछिल्लोपटक दशैं अगाडीदेखि ओम अस्पतालमा उपचार गराइरहनुभएको थियो ।jagdish-ghimire-1

घिमिरेका छोरा हिमाल घिमिरेले दिएको जानकारीअनुसार बिहान ६ बजेतिर उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको बिहीवार बिहान नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको  छ । क्यान्सर लागेको थाहा पाएपछि घिमिरेको लेखेको आत्मालाप कृति ‘अन्तरमनको यात्रा’ निकै लोकप्रिय भयो जसले २०६४ सालमा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारसमेत जितेको थियो । उहाँका ‘साविती’ र ‘लिलाम’ उपान्यास तथा ‘बर्दी’ कथा संग्रह प्रकाशित छन् ।jagdish-ghimire-3

अघिल्लो बर्ष उहाँले प्रकाशन गरेको उपन्यास ‘सकस’ राम्रो कृतिका रुपमा दरिएको थियो । लामो समय बिभिन्न गैरसरकारी संस्थाहरुमा काम गर्नुभएका घिमिरेले गृहजिल्ला रामेछापमा तामाकोसी सेवा समितिमार्फत् समाजसेवामा समेत जुट्नुभएको थियो । त्यसमार्फत् उहाँले अस्पताल, सहकारी, खानेपानी लगायतका परियोजना संचालन गर्नुभएको थियो ।

jagdish-ghimire-4

jagdish-ghimire-5

jagdish-ghimire-6

jagdish-ghimire-2

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?