Comments Add Comment

प्रजातन्त्रको रक्षा लागि काँग्रेसलाई जिताउनुस् : कोइराला

विजय चालिसे 

२२ कात्तिक, चितवन । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले प्रजातन्त्रको रक्षाका लागि भएपनि काँग्रेसलाई जिताउनु पर्ने वताउनु भएको छ ।sushil koirala शुक्रवार विहान भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कोइरालाले काँग्रेस कमजोर हुँदा प्रजातन्त्रमाथि पटक-पटक आक्रमण भएकाले काँग्रेसले जितेमात्रै प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सकिने बताउनु भयो ।

उहाँले मंसिर ४ का लागि तोकिएको निर्वाचन कसैले रोकेर नरोकिने भएकाले चुनाव हुनेमा आंशका नगर्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भयो । उहाँले मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीलाई निर्वाचन बहिष्कार गर्ने अधिकार रहेको तर मतदातालाई आतंकित बनाउने जस्ता क्रियाकलाप गर्न नहुने वताउनुभयो ।

संविधान सभाको दोस्रो निर्वाचन भएको मुलुक कुनै नभएको बताउँदै कोइरालाले अबको संविधान सभाले एक बर्षभित्र लोकतान्त्रिक संबिधान निमार्ण गर्ने दाबी गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment