+
+
Shares

सिद्धार्थ बैंक र एसियन लाईफबीच बैंकान्स्योरेन्स सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते १८:२३

१३ चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र एसियनलाईफ इन्स्योरेन्स लिमिटेडबीच बैंकान्स्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

सो सम्बन्धी सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र एसियन लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट कायम मुकायम नायव प्रमुख कार्यकारी अधिकृत मुरारी राज हुमागाँइले हस्ताक्षर गरे ।

हस्ताक्षरपछि बैंकका सहायक महाप्रबन्धक खनालले आगामी दिनहरुमा एसियन लाईफ इन्स्योरेन्स लिमिटेडमा बीमा गर्ने ग्राहकवर्गहरुलाई आवश्यक बीमा सम्बन्धी सेवा तथा सुविधा सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट उपलब्ध हुने जानकारी दिए ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले देशभर १४६ वटा शाखा -३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १ सय ५९ एटीएम र एक हजार २ सय भन्दा बढी पीओएस मेसिनमार्फत् उच्चस्तरिय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?