+
+
Shares

पूर्वमन्त्री बद्री न्यौपाने विशेष अदालतमा ५ लाख धरौटी बुझाएर छुटे

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १३ गते १८:१८

१३ चैत, काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपाने विशेष अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डप फन पार्कको जग्गा भाडामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

फरार रहेका उनी बुधबार विशेष अदालतमा हाजिर भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको ३ सदस्यीय संयुक्त इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।

अख्तियारले उनीसहित १४ जनाविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसाको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?