
१३ चैत, काठमाडाैं । अन्तर्राष्ट्रिय गल्फ आयल इन्टरनेशनलको आधिकारिक उत्पादक तथा वितरक नेपाल ल्युब आयलले तेस्रो सहिद कप टी२० ट्रफिको प्रयोजन गर्ने भएको छ ।
प्रदेश नं २ मा भईरहेको यो क्रिकेटको प्रमुख टुर्नामेन्ट वार्षिक रुपमा आयोजना हुने गर्दछ । यो टुर्नामेन्ट यही चैत्र ११ देखि १९ गतेसम्म जनकपुरमा आयोजना भईरहेको छ ।
यसले युवावर्गलाई खेलको आवश्यकता, मूल्य तथा महत्ववारे विशेष योगदान दिने विश्वास लिइएको छ । साथै सहिद तथा उनीहरुका परिवारप्रतिको सम्मानका रुपमा पनि यो खेललाई लिने गरिन्छ ।
नेपालमा गल्फ एक स्थापित ब्राण्डका रुपमा परिचित नाम हो । यसले नेपालमा हुने विभिन्न फुटवल वा क्रिकेट जस्ता खेलहरुमा प्रायोजन समेत गर्दै आएको छ ।
कम्पनीले चेन्नाइ सुपर किङ, म्यानचेस्टर युनाइटेड जस्ता अन्तर्राष्ट्रिय टिम तथा प्रतियोगिताहरुमा समेत साझेदारका रुपमा रहदैं आएको छ । गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट उत्पादक कम्पनी हो ।
प्रतिक्रिया 4