Comments Add Comment

हाम्रो विकास बैंक २५ लाख नाफामा

२२ कात्तिक, काठमाडौं । नुवाकोटको विदुरमा रहेको हाम्रो विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २५ लाख ११ हजार रुपैयाँ खुद मुनाफा गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा कारिव १७ लाख रुपैयाँले बढी हो । बैंकले अघिल्लो त्रैमासमा ७ लाख ८८ Hamro Bikash Bank logoहजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

पहिलो त्रैमासमा बैंकले ५८ लाख ८१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो त्रैमासमा यस्तो आम्दानी ३० लाख ५० हजार रुपैयाँ थियो । बैंकले यस अवधिमा ४० करोड ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ३२ करोड ६ लाख ४४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंकको प्रति शेयर आम्दानी वाषिर्क १६ रुपैयाँ ७१ पैसा, मूल्य आम्दानी अनुपात ९.५७ गुणा, प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ २७ पैसा, प्रतिशेयर कुल सम्पत्तिको मूल्य ८१३ रुपैयाँ २९ पैसा, तरलता अनुपात ३०.१२ प्रतिशत, पँूजीकोष अनुपात १८.१३ प्रतिशत रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment