+
+
Shares

प्रदिपको समाजसेवा

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते ११:३९

चलचित्र प्रमोशनका क्रममा रहेका नायक प्रदिप खड्का र निर्माता गोविन्द शाहीले समाजसेवामा पनि हात अगाडि बढाइरहेका छन् । चैत्र २२ गते चलचित्र ‘लभ स्टेशन’ रिलिज हुँदैछ । प्रदिप र गोविन्दले ४५ जना अनाथ बालबालिकालाई निजी विद्यालयमा पढाउँला लाग्ने भर्ना सहित तीन महिनाको मासिक शुल्क प्रदान गरेका छन् ।

काठमाण्डौको गोकर्णस्थित संयुक्त एकता अपांग आवाज केन्द्रमा आश्रित ४५ जना बालबालिकालाई यही बैशाखबाट बिद्यालय भर्ना सहित तीन महिनाको लागि शुल्कबापतको एकमुष्ठ रकम शनिबार बिहान प्रदान गरिएको छ ।

प्रदीपले भने–‘कलाकारको दायित्व भनेको अभिनय मात्र नभएर समाजसेवा पनि हो । प्रधानमन्त्री, विभिन्न मन्त्री तथा अन्य पेशाका व्यक्तिहरुले विधार्थीहरुको अध्ययन खर्चा जिम्मा लिएर अध्ययनमा प्रेरित गरिरहेको बेला हाम्रो पनि दायित्व हुन आउँछ भनेरै आज हामीले ४५ बालबालिकालाई स्कुल भर्ना सहित तीन महिनाको शुल्क पनि एकमुष्ठ बुझाएका हौं ।’

प्रदिपले बाँकी शुल्कबारे पनि आफूहरुले सोचिरहेको बताए ।  केन्द्रका अध्यक्ष तिलबहादुर कार्कीले करिब एक लाख रुपैयाँ हुन आउने सो खर्चमा सहयोग गरेकोमा धन्यबाद प्रदान गर्दै यस्तो सहयोगको आशा अरु कलाकारसँग पनि गरिएको बताए ।
यो चलचित्रलाई घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रमा प्रदिपसँगै जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?