+
+

स्वदेशकै मतदातालाई प्रवासीको व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७० मंसिर २ गते १०:५०

२ मंसिर, काठमाडौं । मंगलबार हुने संविधानसभा चुनावमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाएनन् भनेर गुनासो गर्नु बेकार हुने देखिएको छ । किनभने सरकारको लाचारी एवं परम्परागत शैलीका कारण स्वदेशमै रहेका मतदाताले समेत दोस्रो संविधानसभा मतदान गर्न नपाउने भएका छन् । स्वदेशमै रहेका नेपालीहरुले आफू कार्यरत क्षेत्रवाटै संविधानसभाको निर्वाचनमा भोट हाल्न अर्थात आफ्नो उम्मेदवार वा आफ्नो विचार मिल्ने दललाई मत दिन पाउने स्थिति कहिले आउला ?voting in election

स्वदेशमै रहेका नेपालीलाई प्रवासीसरह व्यवहार गरिएको छ भने विदेशमा रहेकाले मतदानको अधिकार कहिले पाउने हुन्, अहिल्यै अनुमान लगाउन गाह्रो छ ।अघिल्लो, ०६४ सालको संविधानसभा निर्वाचनकै बेला विदेशमा बस्ने नेपालीहरुले विदेशबाटै भोट हाल्ने व्यवस्था गर्न सरकार र निर्वाचन आयोगसँग माग गरेका थिए । तर, त्यतिबेलाको चुनावमा यो सम्भव भएन ।

आगामी चुनावमा विदेशमा रहेकालाई मतदानको व्यवस्था गछौर्ं भन्ने आश्वासन दिएका दलहरुले झण्डै ६ वर्षपछि मुलुकमा हुन लागेको दोस्रो संविधानसभाको निर्वाचनमा पनि मत दिन पाउने अधिकारवाट बञ्चित नागरिकलाई वञ्चित गराएका छन् ।उसो त विदेशमा रहेका नेपालीहरु त निर्वाचनमा मत हाल्नवाट बञ्चित त भएन नै नेपालमै रहेर पनि बाध्यताले आफ्नो कार्यक्षेत्रमै बस्नु परेका पत्रकारहरुलाई पनि मतदान गर्ने व्यवस्था मिलाउन सकेन ।

क-कसले पाएनन् मतदान गर्न ?

विभिन्न जिल्लाबाट राजधानीमा बसोबास गर्ने नागरिकले आफ्नो कार्यस्थलबाट भोट दिन नपाउने भएका छन् । निर्वाचन आयोगले सरकारी कर्मचारी, सेना, प्रहरी, मतदानस्थलमा खटिने कर्मचारीहरुलाई अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ भोट दिन पाउने आयोगले व्यवस्था गरेको छ । तर मतदाता नामावलीमा फोटोसहितको नाम रहे पनि सम्बन्धित जिल्लाको मतदान केन्द्रमै नगएसम्म राजधानीमा रहेका पत्रकार, निजी स्कुलका कर्मचारी तथा निजी कम्पनीहरुमा कार्यरत कर्मचारीलाई मदतानको सुविधा दिइएको छैन ।

एउटा नेपाली नागरिकले आफ्नै देशमा बसेर नागरिकता देखाएका आधारमा मतदान गर्ने प्रविधि बनाउन नेपाल सरकारले सकेको छैन भने विदेशमा भएका नेपालीले कहिले पाउलान् मतदान गर्न ?
यसैवीच निर्वाचन आयोगमा प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले आइतबार विहान एक सञ्चारमाध्यमलाई दिनुभएको अन्तरवार्तामा देशको जुनसुकै भागमा बसेर पनि मतदान गर्न सकिने भविश्यमा प्रविधिको विकास गरिनुपर्ने भन्दै हाल त्यस्तो व्यवस्था गर्न नसक्नु दुःखद भएको बताउनुभएको छ ।

पत्रकार पनि मताधिकार बाहिर

निर्वाचनको समाचार संकलन संप्रेषणका लागि २४ सै घण्टा आफ्नो कार्यक्षेत्र र सञ्चार माध्यम – रेडियो, टीभी, अनलाइनपत्रिका , पत्रपत्रिका ) मा कार्यरत हजारौँ पत्रकारहरु निर्वाचनमा उम्मेदवार तथा समानुपातिकतर्फ कुनै पनि दललाई मत दिनबाट बञ्चित भएका छन् ।सरकारी जागिरे र सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई समानुपातिकतर्फको मत हाल्न पाउने व्यस्था गरेको सरकार र निर्वाचन आयोगले अन्य निजी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुलाई मतदान गर्ने अधिकारवाट बञ्चित गरेको छ ।

विदेशमा बस्ने नेपालीले कहिले पाउलान् मताअधिकार ?

अघिल्लो निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले आफू रहेको देशबाटै भोट हाल्न माग गर्दा सरकार र निर्वाचन आयोगले भनेको थियो- यसपटकको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई चुनावमा भोट हाल्नका लागि समेट्न सक्दैनौँ । आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीहरुलाई पनि भोट हाल्न पाउने व्यवस्था मिलाउने छौँ । ‘तर निर्वाचन आयोग र सरकारले मुलुकमा फेरि दोस्रो संविधानसभाको निर्वाचन हुँदा पनि विदेशमा रहेका नेपालीहरुलाई समेट्न सकेको छैन ।

विदेशमा रहेका नेपालीहरुले आफुहरुको मतदान गर्ने अधिकारीमाथि सरकार र निर्वाचन आयोगले कैँची चलाएको आरोप लगाउँदै आएका छन् ।उनीहरुले निर्वाचनको मिति तोकिनु अघि नै प्रत्यक्ष उम्मेदवारलाई मत हाल्न नपाए पनि समानुपातिकतर्फ मत हाल्नका लागि सरकारलाई प्रत्येक देशमा रहेका नेपाली दूतावासमा भोट हाल्नका लागि मतदान केन्द्र स्थापना पर्न माग गरे पनि त्यसो व्यवस्था गर्न निर्वाचन आयोग र सरकार फेरि असफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?