Comments Add Comment

‘थाहा छ, मलाई खत्तम केटी सोचिन्छ’ : जीया केसी

खत्तमको अर्थ पैसाको लागि जे पनि गर्ने, सिनेमा खेल्न कुनै किसिमको संझौता गर्न पछि नपर्ने, तर आफू यस्तो केटी नभएको तर्क एक नायिकाले दिएकी छिन् । ‘एटीएम’, ‘बर्बाद’ जस्ता सिनेमामा आफ्नो उत्तेजक पोज दिएर चर्चामा आएकी नायिका जीया केसी अहिले सिने नगरीमा हराए जस्तै छिन् । jiya-kcसिनेमा नगरीमा आफ्नो उपस्थिती आलोचनात्मक रुपमा अघि बढाएपछि उनले करिअर पनि खासै चम्काउन सकिनन् । चलचित्रमा केही अपाच्य दृश्य दिएर आलोचनासँगै चर्चा बटुलेपनि त्यो क्षणिक मात्र भएको जीयालाई  थाहा छ ।
चुनावी प्रचारप्रसारका क्रममा इलाम पुगेकी जीया सिने नगरीमा शुद्ध छवि बनाएर र्फकन चाहन्छिन् । यसैले पनि उनी अब दर्शकलाई नपच्ने सिनेमा नखेल्ने तर्क गर्छिन् ।
उनले आफू संस्कारमा हुर्केको केटी भएकाले पर्दा बाहिर कुनै किसिमको सिमा ननाघेको दाबी गरिन् । कसैले आफूलाई मन पराउनु, कसैले आफूसँग सम्बन्ध राख्न खोज्नु नकारात्मक नभएको भन्दै जीयाले पर्दा बाहिर आफू नबिगि्रएको बताइन् ।
उनले भनिन्, ‘हो मलाई थाहा छ सबैले मलाई बिगि्रएकी केटी सोच्छन्, तर म संस्कारमा हुर्केकी केटी भएकाले पनि आफ्नो दायरा नाघेको छैन ।’ चलचित्र पर्दामा देखिने जीया र बास्तविक जीया फरक भएको उनको तर्क छ ।
पैसाको लागि कसैसँग सम्बन्ध राख्दै हिड्ने यूवती आफू नभएको भन्दै उनले आफूमा कुनै किसिमको लालचा नभएको बताइन् । अर्को एक प्रसंगमा जीयाले भूवन केसीको व्यक्तित्वको कारण आफूलाई उनी मन परेको बताउँदै यसको अर्थ उनको बिस्तारा तताएको छु भन्ने नभएको बताइन् ।
सिने नगरीमा आशातित सफलता पाउन नसकेपछि केही निराश देखिएकी जीया राम्रा सिनेमा खेलेर आफ्नो छवि सुधार गर्न चाहन्छिन् । तर सोचेजस्तो सिनेमा नपाएकाले पनि आफू केही निराश भएको उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment