+
+

किष्टका ज्ञवाली र घर्तीसहित ६ जनाको सम्पत्ति रोक्का गर्न राष्ट्र बैंकको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २ गते १६:४९

२ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ कसुरमा संलग्न किष्ट बैंक र जम्को प्रकाशन प्रालिका बहालवाला एवम तत्कालीन ६ जना पदाधिकारीहरुको चलअचल सम्पत्ति रोक्का गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । साथै, मालपोतलगायतका सरकारी कार्यालयहरुलाई पनि भोगचलनमा प्रतिबन्ध nrbलगाउन राष्ट्र बैंकले अनुरोध गरेको छ ।
राष्ट्र बैंकले किष्ट बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत कमलप्रसाद ज्ञवाली, निमिक्त प्रमुख कार्यकारी अधिकृत बालनरसिंह घर्ती र नायब महाप्रबन्धक मञ्जयराज पाण्डेको चलअचल सम्पत्ति र सेयरहरू रोक्का गरेको हो । ज्ञवाली गुल्मी जिल्लाको थानपति गाविस-५ का स्थायी बासिन्दा हुनुहुन्छ । त्यस्तै, घर्ती पाल्पा पिपलडाँडाका र पाण्डे विराटनगर उपमहानगरपालिका-८ का स्थायी बासिन्दा हुनुहुन्छ ।
त्यसैगरी, राष्ट्र बैंकले ललितपुर उपमहानगरपालिकाबासी किष्ट बैंकका अर्का नायब महाप्रबन्धक प्रगुण श्रेष्ठ, भक्तपुर दुवाकोटबासी जम्को प्रकाशन प्रालिका किश्ाोर ढकाल र निजकी श्रीमती देवकी बस्ताकोटीको नाममा रहेको सबै चलअचल सम्पत्ति एवम् सेयरसमेत रोक्का गर्न निर्देशन दिएको छ । उहाँहरुलाई कमशल धितो देखाएर कर्जा अपचलन गरेको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?