+
+
Shares

सम्पत्ति विवरण नबुझाउनेलाई पाँच हजार जरिवाना गर्न अख्तियारको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १४ गते १०:३३

१४ पुस, काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय सतर्कता केन्द्रसमक्ष सम्पत्ति विवरण पेस नगर्ने सार्वजनिक पदधारण गरेका व्यक्तिलाई पाँच हजार जरिवाना गर्न निर्देशन दिएको छ ।

आयोगले आर्थिक वर्ष २०६९/७० को सम्पत्ति विवरण तोकिएको समयभित्र निर्धारित निकायसमक्ष पेस नगरेका राष्ट्रसेवकको सूची प्राप्त भएको जनाउँदै उनीहरूबाट जरिवाना रकम ३० दिनभित्र असुल उपर गरी आयोगलाई जानकारी दिने व्यवस्था गर्न सम्बद्ध सबै सरकारी निकायलाई निर्देशन दिएको हो । “अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१क को उपदफा (२) बमोजिम गर्न गराउन र अर्को ३० दिनभित्र सम्बन्धित निकायमा सम्पत्ति विवरण पेस गर्ने व्यवस्था गर्नाका साथै उक्त समयमा पनि सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आयोगबाट छानबिन गरी कारबाही हुनेछ,”-आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 राष्ट्रिय सतर्कता केन्द्रका अनुसार सम्पत्ति विवरण नबुझाउनेमा निर्वाचन आयुक्त रामभक्त पि.वी ठाकुरदेखि विभिन्न देशका लागि नियुक्त राजदूतसम्म छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?