Comments Add Comment

सभासद छान्ने माओवादी बैठकमा बाबुराम र नारायणकाजी अनुपस्थित

१५ पुस, काठमाडौं । नेताहरु डा. बाबुराम भट्टटराई र नारायणकाजी श्रेष्ठ प्रकाशको असहमतिका बीच एकीकृत नेकपा माओवादीले समानुपातिक सभासदको सुची निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी नेताहरु पोष्टबहादुर बोगटी र वर्षमान पुन अनन्तसूची बोकेर निर्वाचन आयोगमा पुग्नु भएको थियो । महिला, जनजाति, मधेसी र पिछडिएका समूदायको प्रतिशत भागवण्डा गर्न नसकेपछि नेताहरु ल्यापटप नै बोकेर नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेकका थिए ।

स्रोतका अनुुुसार प्रचण्डले तयार पारेको सूचीमा असहमति जनाउँदै बाबुराम र नारायणकाजी सभासद छान्न बोलाइएको केन्द्रीय कार्यालयको बैठकमै सहभागी हुनु भएन ।

प्रचण्ड निकट स्रोतले भने निर्वाचन आयोगमा बुझाइएको सूचीमा बाबुराम र नारायणकाजी श्रेष्ठले सिफारिस गरेका नामहरु समेत समावेश गरिएको दावी गरेको छ । निर्वाचन आयोगमा बुझाइएको सूची संशोधन गर्न तीन दिन समय पाइने भएकाले यसबारे भोलि सहमतिको प्रयास हुने स्रोतले बताएको छ ।

सूची बुझाएपछि माओवादी नेता वर्षमान पुन अनन्तले आधा पुरुष र आधा महिला गरी ५४ सभासदको नाम बुझाइएको र सबै नयाँ अनुहार भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment