+
+
Shares

पढ्न थाले सडक बालबालिका

अनलाइनखबर अनलाइनखबर
२०७० पुष ३० गते ९:१७

३० पुस, काठमाडौं । सडकमा बसेर माग्दै जीवन धानिरहेका बालबालिका पढ्न थालेका छन् । सडक बालबालिकाको संरक्षण गर्न बेल्जियम सरकारको सहयोगमा सञ्चालित बालसंरक्षण सेवागृहले यी बालबालिकालाई पढाउन थालेको हो ।

sadak-balbalikaरामेछाप घर भई हाल संरक्षण गृहमा बस्दै आएका १३ वर्षीय एक बालकले आमाको मृत्युपछि बाबुले बेवास्ता गरेपछि सडकमा आइपुगेको बताए । अभिभावक कोही नभएपछि सडकमा मागेर पेट पालेको उनी सम्झन्छन् । रातमा त झन सडकको पेटीमा एक्लै बस्नुपरेको दुःख उनलाई अहिले पनि याद छ ।

त्यस्तै नेपालगञ्ज घर भै संरक्षण गृहमा बस्दै आएकी १२ वर्षीया अर्की बालिका पनि घरमा संरक्षण गर्ने नभएकैले सडकमा पुगेको बताउँछिन् । यस संस्थामा आएपछि थुप्रै साथीहरु देखेर आफूलाई खुसी लागेको उनको भनाइ छ । पढ्न पाएपछि खुसी लागेको उनको भनाइ छ ।

संस्थामा यस्ता ६० जना बालबालिका बस्दै आएको संस्थाका अध्यक्ष विजय श्रेष्ठले बताए । उनले पारिवारिक वातावरणको अभाव तथा संरक्षण गर्ने अभिभावकको बेवास्ताका कारण बालबालिका सडकसम्म आउन बाध्य भएको बताए ।

संरक्षण गृहले आर्थिक अवस्था कमजोर रहेका संस्था नजिक बस्ने एक सय ६३ जना बालबालिकालाई पढ्न आवश्यक सहयोग समेत गरेको छ । संरक्षण गृहले त्यस्ता बालबालिकालाई लक्षित गरी रात्रि एम्बुलेन्स, मनोसामाजिक विमर्श, कानुनी सुविधा लगायतका सुविधा उपलब्ध गराइरहेको संस्थाका कार्यक्रम प्रमुख अर्जुनमोहन भट्टराईले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?