Comments Add Comment

ल्यान्डमार्क होटलको पोखरा र चितवनमा ‘समर प्याकेज’

Landmark-Forest-Park-hotel-
काठमाडौं । पोखरा र चितवनमा पर्यटक स्तरीय होटल सञ्चालन गरिरहेको सम्राट ग्रुपले नेपाली पर्यटकलाई विशेष प्याकेज ल्याएको छ । पोखराको लेकसाइडमा रहेको ‘होटल ल्याण्डमार्क पोखरा’ र चितवनको बागमारामा भर्खरै खोलिएको ‘ल्याण्डमार्क फरेस्ट पार्क’ लाई लक्षित गरि ग्रुपले आकर्षक प्याकेज ल्याएको हो ।

पोखराको ल्यान्डमार्क होटलका लागि ल्याइएको दुई दिन तीन रातको ‘समर गेटवे’ प्याकेजमा प्रतिव्यक्ती ७ हजार ७ सय ७७ रुपैंया तिरेर होटलको डिलक्स रुममा आरामसाथ बस्न पाउने छ । यस प्याकेजमा जाने ग्राहकले होटलमा पुग्नसाथ पेय पदार्थको स्वागत समेत पाउने छ ।

प्याकेजमा हरेक दिन ब्रेकफास्ट, एक रात स्पेशल डिनरसहितको सांस्कृतिक नृत्यावलोकन, फेवातालमा एक घण्टा बोटिङ र आधा दिन पोखराको दृश्यावलोकन, बिमानस्थल र पर्यटक बसपार्कबाट ल्याउने-लाने व्यवस्था मिलाइएको सम्राट ग्रुपका सिईओ सीएन पाण्डेले बताए ।

Landmark-pokhara-hotel

त्यसैगरी, चितवनको बागमारामा भर्खरै स्थापित ल्याण्डमार्क फरेस्ट पार्कका लागि ‘समर स्प्लास सफारी’ नामक प्याकेज ल्याइएको छ । यस प्याकेजका लागि प्रतिव्यक्ति ९ हजार ९ सय ९९ रुपैंया तिरेर ३ दिन २ रात डिलक्स रुममा आरामसाथ बस्न पाइने पाण्डेले बताए । यहाँ पनि ग्राहकले होटलमा पुग्नसाथ पेय पदार्थको स्वागत समेत पाउने छ ।

यस प्याकेजमा हरेक दिन ब्रेकफास्ट, हरेक डिनर, एक दिन बारबीक्यू डिनर, थारु गाउँमा भ्रमण, सूर्यास्त दर्शन, थारु सांस्कृतिक नृत्यावलोकन, एकघण्टा क्यानोइङ टि्रप, हात्ती प्रजनन केन्द्रको अवलोकन, हात्ती सफारी र चराचुरुंगी अवलोकनको व्यवस्था मिलाइएको छ ।

‘यो प्याकेज नेपालीहरुलाई लक्षित गरेर ल्याएका हौं’ गुप्रका सिइओ पाण्डेले भने- ‘नेपालीहरुकै मागलाई ध्यानमा राखेर ल्याइएका यी प्याकेज नेपालीहरुले मन पराउने विश्वास लिएका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment