+
+
Shares

एमाओवादीलाई संविधानसभाबाट बाहिर ल्याउन कार्यगत एकता : गजुरेल

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ८ गते १९:५४

८ असार, काठमाडौं । नेकपा-माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमाओवादीलाई संविधानसभाबाट बाहिर ल्याउन कार्यगत एकता गरेको बताएका छन् । अहिलेको संविधानसभाबाट जनमुखि संविधान आउन नसक्ने भन्दै उनले त्यसमा रहनुको कुनै अर्थ नरहेको दावी गरे ।

रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा माओवादी उपाध्यक्ष गजुरेलले एमाओवादी संविधानसभाबाट बाहिरिएपछि मात्रै पार्टी एकता सम्भव हुने जिकिर गरे ।

केही एजेण्डालाई लिएर पाँच दलबीच कार्यगत एकता भएको भन्दै उनले आफूहरुले अघि सारेको ६ बुँदे प्रस्तावलाई आत्मसाथ नगरेसम्म पार्टी एकीकरण सम्भव नहुने स्पष्ट पारे । उनले भने-‘यो पार्टी एकताको लागि गरिएको कार्यगत एकता होईन, अहिलेकै अवस्थामा पार्टी एकता सम्भव छैन ।’ कार्यगत एकता भएपछि चक्रिय प्रणालीमा नेतृत्व हुने भन्दै उनले जसको पार्टी कार्यालयमा बैठक बस्छ उ नै त्यसवेलाको संयोजक हुने बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे आफूहरुलाई कुनै चासो नभएको भन्दै बैद्य माओवादीका उपाध्यक्ष गजुरेलले छिमेकी देशको प्रधानमन्त्रीको भ्रमणलाई लिएर आफूहरुको आपत्ति नरहेको स्पष्ट पारे । यद्यपि उनले पश्चिम सेती, कणर्ाली जस्ता ठूला नदीमा चासो दिनुले भने चिन्ता बढाएको बताए ।

जनताको सहभागिता नभएको उपनिर्वाचनको कुनै सान्र्दभिकता नभएको दावी गर्दै गजुरलले नेतालाई दुई ठाँउबाट उठ्न नदिने ब्यवस्था गर्नु पर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?