Comments Add Comment

जाउलाखेलमा भोटो देखाइयो

Bhoto-jatra-650

८ असार, ललितपुर । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आइतबार भोटो देखाइएको छ ।

जात्राको अन्तिम दिन भोटो देखाउने परम्पराअनुसार जावलाखेलमा आयोजित समारोहमा राष्ट्रपति डा. रामवरण यादवको उपस्थितिमा भोटो देखाइएको हो । गुठी संस्थान ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले मच्छिन्द्रनाथको रथको चार कुनाबाट तीन तीन पटक भोटो समातेर सबैलाई दर्शन गराउनुभएको थियो । “यो भोटो आˆनो हो भन्ने प्रमाण कसैसँग छ ?” भन्ने अर्थमा हरेक वर्ष भोटो देखाउने गरिन्छ ।

समारोहमा राष्ट्रपतिले भोटोको अवलोकनपछि मच्छिन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण गर्नाका साथै दक्षिणा प्रदान गरेका थिए । उनले पाटनकी कुमारीको दर्शन गर्नाका साथै उहाँको हातबाट टीका ग्रहण गरे । भोटोजात्रामा उपराष्ट्रपति, प्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष मन्त्रिगण, उच्चपदस्थ सरकारी अधिकारी, विभिन्न निकायका प्रमुख एवम् जिल्लास्थित दलका नेता, सभासद् एवम् हजारौँ सर्वसाधारणको सहभागिता थियो ।

भोटो देखाएसँगै करिब डेढ महिना लामो मच्छिन्द्रनाथको रथजात्रा सम्पन्न भएको गुठी संस्थान ललितपुरका प्रममुख हरिप्रसाद सुवेदीले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment