Comments Add Comment

संविधानसभा उपनिर्वाचन : चितवन-४ र कैलाली-६ मा कांग्रेस, वर्दिया-१ मा एमाले विजयी

९ असार, काठमाडौँ । संविधानसभाको उपनिर्वाचनमा चार मध्ये दुर्इवटा क्षेत्रमा काँग्रेस र एक क्षेत्रमा एमालेले जित हात पारेका छन् । आइतबार भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर ४ र कैलाली ६ मा कांग्रेस विजयी भएको छ भने बर्दिया १ मा नेकपा एमालेले जित हासिल गरेको छ ।

 चितवन-४ बाट कांग्रेसका रामकृष्ण घिमिरे विजयी भएका छन् । घिमिरेले एमालेकी पार्वती रवाललार्इ झन्डै तीन हजार मतले पराजित गरेका हुन् ।

 घिमिरेले २० हजार तीन सय १८ मत ल्याएका छन् भने निकटतम प्रतिद्वन्द्वी रावलले १७ हजार २ सय ७२ मतमात्रै पाइन् । तेस्रो स्थानमा रहेका एमाओवादीका उम्मेदवार खुशीराम पाख्रिनले भने ७ हजार ८ सय ५५ मत पाएका छन् । । यसअघि  गत मंसिर ४ मा भएको संविधानसभाको निर्वाचनमा यो क्षेत्रवाट कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला विजयी भएका थिए ।

 कैलाली-६ मा ओझा विजयी

 यसैगरी कैलाली ६ बाट कांग्रेसका पुष्करनाथ ओझा विजयी भएका छन् । उनले एमालेकै महेश्वर पाठललार्इ पराजित गर्दै विजयी भएका हुन् । ओझाले १४ हजार ७ सय ८५ मत ल्याउँदा पाठकले ११ हजार ९ सय ५९ मत प्राप्त गरेका छन् भने तेस्रो स्थान हात पारेका राप्रपा नेपालका राजेश भण्डारीले ४ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् ।

 बर्दिया-१ मा ढकाल विजयी

 बर्दिया-१ मा एमालेका श्यामप्रसाद ढकाल विजयी भएका छन् । ढकालले कांग्रेसका उम्मेदवार सादे विष्टलार्इ पराजित गरेका हुन् । ढकालले १६ हजार ६ सय ९६ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विष्टले ११ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । यस्तै एमाओवादीका उम्मेदवार भवनकुमा थारुले ११ हजार ३१ मत प्राप्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment