Comments Add Comment

अष्ट्रेलियामा कसरी गर्लिन् झरनाले सुरक्षित अवतरण ?

safe-landing

नेपालमा प्रदर्शन मिति तय नभएको चलचित्र ‘सेफ ल्यान्डिङ’ को अष्ट्रेलियामा प्रिमियर हुने भएको छ । यसका लागि चलचित्रकी नायिका झरना बज्रचार्य अष्ट्रेलिया जानेछिन् । यो फिल्म आउ“दो अगष्ट ९ तारिखमा प्रदर्शन हुने निर्माता बसन्त भण्डारीले जानकारी दिएका छन् ।

लागूपदार्थ ओसार पोसारको बिषयमा तयार भएको यो चलचित्रमा झरनाका अलवा निरज बराल, सुशिलराज पाण्डे, सुमिना घिमिरे, शिखा शाही, बीएस राणा, रवी गिरी लगायतका कलाकारले अभिनय गरेका छन् । सन्दिप जोसेपले निर्देशन गरेको चलचित्रमा राहुल अग्रवालको पनि लगानी छ ।

चलचित्रको सम्पादन मेघना अश्चित श्रीवास्तवले गरेकी हुन् । जसले बलिउड सिनेमाको समेत सम्पादन गरेकी छिन् । फिल्ममा राजन इशानको संगीत, जोन ज्याकोभको छायांकन, हिमाल केसीको एक्सन छ । चलचित्रको अष्ट्रेलियामा शो अगष्ट १० तारिखमा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment