Comments Add Comment

शिक्षक संघ स्याङ्जामा विवाद

 ९ असार, स्याङ्जा । अध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले संगठनको सहमति अनुसार काम नगरेपछि नेपाल शिक्षक संघ स्याङ्जामा विवाद भएको छ । करिब तीन वर्षअघिको अधिवेशनको सहमतिअनुसार पदीय जिम्मेवारी नदिएको भन्दै संघका पुर्वसचिव वेदप्रसाद दोरङ्गाले विशेष अधिबेशनको माग गरेपछि संघमा विवाद सुरु भएको हो ।

तत्कालीन अवस्थामा अध्यक्षका लागि तीनजना प्रतिस्पर्धीमध्ये सबैलाई पदीय जिम्मेवारी दिने सहमतिअनुसार आफू अध्यक्षको प्रत्यासी भएको दोरंगाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

शिक्षक संघको अध्यक्षमा लक्ष्मीप्रसाद रेग्मी, यूनियनको अध्यक्षमा गोपालप्रसाद भट्टराई र शिक्षा समितिमा बेदप्रसाद दोङ्गालाई जिम्मेवारी दिने लिखित सहमति भएको थियो । सहमतिअनुसार जिल्ला शिक्षा समितिमा पठाउने सम्झौता कार्यान्वयन नगरी अरुलाई पठाएको जनाउदै संघका अध्यक्ष र यूनियनका अध्यक्ष दुवैजना अध्यक्ष नरहेको विज्ञप्ती मार्फत उल्लेख छ ।

संघका अध्यक्ष रेग्मीले एकाधिकार कायम गरी संघलाई अघि बढाएको समेत शिक्षकहरुले आरोप लगाएका छन् । रेग्मी संघमा दुई कार्याकाल अध्यक्ष भएका हुन् । अध्यक्ष भएलगत्तै शिक्षकहरुको सरुवा, शिक्षा पुरस्कार वितरण र शिक्षकका हकअधिकारबारे छलफल गर्ने भन्दा शिक्षकहरु आपसमा विवाद गर्दै आएका छन् ।

प्रतिक्षा काफ्ले

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment