+
+

यो अमेरिकी छाउरो बन्यो विश्वकै कुरुप कुकुर

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ९ गते १४:२७

विश्वमा राम्राहरुको मात्र प्रतिस्पर्धा हुँदैन । कुरुपको मामिलामा पनि सबैभन्दा कुरुप आफुलाई सावित गर्न समेत तछाडमछाड हुन्छ । अमेरिकामा यो पटक पनि विश्व कुरुप कुकुर प्रतियोगिता भयो । जहाँ एक से एक घिनलाग्दा तथा कुरुप कुकुरहरु प्रतिस्पर्धामा उत्रिए ।

कसैका जिउमा भुत्ला थिएनन् । कतिका दाँत र आँखा बाहिर निस्किएका अनि कतिका भुत्ला नै घिनलाग्दा । यस्ता एक से एक कुकुरलाई पछि पार्दै पिनट नामको कुकुरले यो वर्षको विश्वकै सबैभन्दा कुरुप कुकुरको उपाधि हात पार्यो ।

dog1

२ वर्षको त्यो छाउरो देख्दै निकै कुरुप छ । उसका सेतो-खैरो भुत्ला, बाहिर निस्किएका आँखा तथा दाह्राजस्तै बाहिरिएका कुरुप दाँत यद्यपि निकै फुर्तिलो । पिनट कुकुरकी मालिक्नी होली चान्डलर नर्थ क्यारोलिनाको गि्रनभिल्लेमा बस्छिन् र आफ्नो कुकुर देख्दा कुरुप भएपनि स्वस्थ भएको दाबी गर्छन् ।

dog2

आफ्नो कुकुरले विश्वकै सबैभन्दा कुरुप कुकुरको उपाधि जित्नुले विश्वमा जनावरमाथि भैरहेको दुव्र्यवहार रोक्न जनचेतना जगाउन सहयोग पूराउने दाबी उनको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?