Comments Add Comment

पत्नी हत्या आरोपमा साह पक्राउ

९ असार, सप्तरी । सप्तरीको पंसेरा गाविस-५ की नगिना साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति र सासूलाई पक्राउ गरेको छ ।

शत्रुघन साह र उनकी आमा सुमित्रा देवीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको छ ।

नगिनाको गत शनिबार राति आफ्नै घरमा रहस्यमय मृत्यु भएको थियो । धनुषाको जनकपुर माइती भएकी नगिनाको १३ महिनाअघि मात्र शत्रुघनसँग विवाह भएको थियो ।

मृतक नगिनाको घाँटीमा थिचेको निलडाम र शरीरको अन्य भागमा पनि निलडाम देखिएको थियो । साहको पति-पत्नीबीच केही दिनयता झगडा हुँदै आएको र शनिबार राति ८ बजे नगिनालाई कुटपिट गर्दा उनी चौकतिर भाग्न खोज्दा घँाटी थिचेर हत्या गरेको स्थानीयको आरोप छ ।

नगिनाका पति सत्रुघनले घटना भएको समयमा आफू घरमा नरहेको र आमाले नगिनालाई बेहोसी अवस्था देखेपछि खबर गरेकाले मात्र घटनाबारे थाहा पाएको बताएका छन् ।

शवलाई पुनः घरमै ल्याएर राखेेका बेला प्रहरीले आफूलाई पक्राउ गरेकाले घटना कसरी भयो भन्ने आफूलाई थाहा नभएको सत्रुघनले बताए ।

नगिनाको हत्या भएको हो वा आत्महत्या त्यसबारे अनुसन्धान भइरहेको र शव परीक्षणका लागि लहान अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक विजय यादवले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment